सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि ६ लाख कित्ता आइपीओ निष्काशन गर्दै

काठमाडौं : बाग्लुङको दरमखोलामा २.५ मेगावाट क्षमताको जलविधुत अायोजना निर्माण गरेको सयपत्री हार्इड्रोपावरले आयोजनाप्रभावित सर्वसाधारणका लागि ६ लाख कित्ता साधारण शेयर (आर्इपीओ) निष्काशन गर्न लागेको छ । 

यसअघि स्थानीयबासीका लागि ३ लाख कित्ता शेयर जारी गर्न प्रकृया अघि बढार्इसकेको सयपत्रीले थप ६ लाख कित्ता अार्इपीअो जारी गर्न साधारणसभामा प्रस्ताव लैजाने भएको हो । सयपत्रीको साधारणसभा यही असोज २८ गते बस्दैछ । 

जारी पूँजीको २० प्रतिशत रकम बराबर हुनेगरि सयपत्रीले थप अार्इपीअो जारी गर्न लागेको हो । हाल यो कम्पनीको जारी पूँजी ३० करोड रूपैयाँ रहेको छ । 

आर्इपीओ जारी गर्नका लागि सयपत्रीले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनूमति मागेको छ । बिक्री प्रबन्धकको जिम्मा एनआर्इबीएल एस क्यापिटललार्इ दिर्इएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?