काठमाडौं : जलविधुत कम्पनीमध्ये कमजोर मानिएको अाँखुखोला हार्इड्रोपावरले प्राथमिक निष्कासन (अार्इपीअो) समेत बेच्न नसकेको जनाएको छ । यो हार्इड्रोपावर कम्पनीले आयोजना प्रभावित धादिङका स्थानीय बासिन्दाका लागि जारी गरेको ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्तामध्ये १ लाख ७६द हजार कित्ता साधारण शेयर (आर्इपीओ) बेच्न नसकेको हो ।
कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाटको हार्इड्रोपावर निर्माण गरेको छ । कूल जारी पूँजी ८० करोड रूपैयाँ रहेको यो कम्पनीले साउन १७ गतेदेखि भदाै १५ गतेसम्म अावेदन म्याद तोकेर ८ लाख कित्ता अार्इपीअो खरिदका लागि अावेदन खोलेको थियो ।
तर अायोजनाप्रभावित धादिङबासीले कम्पनीको १ लाख ७६ हजार २० कित्ता शेयरमा अावेदन नै दिएनन् । सामान्यता : अार्इपीअोमा मागभन्दा गुणात्मक बढि अावेदन पर्नेगर्छ ।
आँखुको शेयरलार्इ र्इक्रा नेपालले ग्रेड फार्इभ रेटिङ गरेको छ । यसको अर्थ कम्पनीको अवस्था कमजोर रहेको छ ।
स्थानीयबासीलार्इ छुट्याएको शेयर बाँडफाँट भएकाले अब यो कम्पनीले सर्वसाधारणका लागि १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता आर्इपीओ जारी गर्ने जनाएको छ । स्थानीयबासीले नकिनेको शेयर समेत सर्वसाधारणका लागि थपेर अावेदन खुला गर्ने कम्पनीको तयारी छ ।
पूँजीबजार नियामक धितोपत्र बोर्डले यो कम्पनीलार्इ असार २७ गते नै आर्इपीओ निष्काशनको अनुमति दिर्इसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया