ज्योतिले हाम्रो विकास बैंक किनेपछि चुक्तापूँजी कति पुग्ला ?

काठमाडाैं : ज्योति विकास बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) प्रतिवेदनअनुसार बराबरी हैसियतमा हाम्रो विकास बैंकलार्इ अाफुमा गाभ्ने भएको छ । 

यही असोजको गते बैंकले ११ अाैं बार्षिक साधारणसभा डाकेको छ । सोही साधारणसभाले स्वाप रेसियो १ बराबर १ मानेर हाम्रो विकास बैंक खरिद गर्ने प्रस्तावलार्इ पारित गर्नेछ । 

हाम्रो विकास बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख रूपैयाँ छ । यो बैंक गाभेपछि ज्योति विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ८ करोड रूपैयाँ पुग्नेछ । 

चुक्ता पूँजी बढाएपछि ज्योति विकास बैंक नेपालकै सवैभन्दा धेरै चुक्ता पूँजी भएको विकास बैंक बन्नेछ । 

बैंक गाभेसँगै ज्योतिले संस्थापक शेयरधनीको हिस्सालार्इ ५१% मा झार्ने जनाएको छ । यसका लागि २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समूहमा परिणत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?