एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले वेस्टह्यामसँग बराबरी खेलेको छ ।
आइतवार राति सम्पन्न भएको छैँटो चरणको खेलमा चेल्सी वेस्टह्यामसँग गोल रहित बराबरीमा रोकिएको हो । जारी प्रिमियर लिगमा चेल्सीले खेलेको यो पहिलो बराबरी हो ।
निकै प्रतिस्पर्धात्क खेलको पहिलो हाफसम्म चेल्सीले वेस्टह्यामलाई दवावमा राखेपनि गोल गर्न भने सकेन् । दोस्रो हाफमा सुधारिएको खेल खेलेको वेस्टह्यामले चेल्सीलाई गोल गर्ने मौका नै दिएन् ।
अन्ततः चेल्सीले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा एक-एक अंक बाड्यो ।
बराबरीपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। चेल्सीले ६ खेलबाट १६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको पनि समान १६ अंक नै छ ।
त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा आर्सनलले इभर्टनलाई २-० गोल अन्तरले पराजित गर्यो ।
आर्सनललाई जीत दिलाउन खेलको ५६ औँ मिनेटमा अलेक्जेन्डर लेकाजेटले तथा ५९ औँ मिनेटमा पियरे एमिरिक एबम्हाङले समान एक-एक गोल गरेका थिए । जीतपछि आर्सनल १२ अंकका साथ लिगको छैँटो स्थानमा रहेको छ । १८ अंकका साथ लिभरपुल लिगको शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया