प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने म्याद १५ दिन थपियो

काठमाडौं : प्रोग्रेसिभ फार्इनान्सले आफ्ना शेयरधनीका लागि २ सय ८१ प्रतिशत हकप्रद शेयर भर्ने म्याद १५ दिन थप गरेको छ । भदाै ५ गतेदेखि ८ गतेसम्मका लागि तोकिएको अवधिमा सवै हकप्रद नबिकेपछि प्रोग्रेसिभले असोज २३ गतेसम्मका लागि समय थपेको हो ।

प्रोग्रेसिभको १ कित्ता शेयर भएका शेयरधनीले प्रतिकित्ता बराबर २.८१ कित्ता हकप्रदमा आवेदन दिन सक्नेछन् । भदौ ५ गतेदेखि यो कम्पनीले १:२.८१ अनुपातमाा ५९ लाख १ हजार कित्ता हकप्रद बेच्न लागेको जनाएको छ । 

साउन २२ गतेसम्म कम्पनीको शेयरधनी बनिसकेकाले मात्र यो हकप्रद भर्न पाउनेछन् । सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौं, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ ।

यस्तै, प्रोग्रेसिभ फार्इनान्सको न्यूरोडस्थित केन्द्रीय कार्यालय र बनेपा शाखा, तथा आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

२१ करोड रूपैयाँ चुक्तापूँजी रहेको प्रोग्रेसिभले हकप्रद बिक्रीपछि संस्थाको चुक्तापूँजी ८० करोड १ लाख रूपैयाँ पु-याउने लक्ष्य लिएको छ ।

प्रतिशेयर आम्दानी १ रूपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रूपैयाँ ७० पैसा रहेको प्रोग्रेसिभले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ३५ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?