ला लिगा फुटबल : जिरोनासँग बराबरी खेल्दै बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत जिरोनासँग बराबरी खेलेपनि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

आइतवार राति भएको बार्सिलोना र जिरोनाबीचको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलको १९ औँ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेस्सीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

३५ औँ मिनेटमा डिफेण्डर क्लेमेन्ट लेङलेट रातो कार्ड खादै मैदानबाट बाहिरिपछि बार्सिलोना १० खेलाडीमा सिमीत भएको थियो ।  प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा स्तुवनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरी ल्याए । 

दोस्रो हाफको ५१ औँ मिनेटमा पुनः स्तुवनले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्‍याए । त्यस्तै, ६३ औँ मिनेटमा बार्सिलोनाका लागि गेरार्ड पिकेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

 

रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लबले थप गोल गर्न भने सकेन र खेल २-२ गोलको बराबरीमा सकियो । बराबरीपछि ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको हो । 

समान १३ अंक नै बनाएको रियल म्याड्रिड गोल अन्तरको आधारमा पछि पर्दै लिगको दोस्रो स्थानमा झरेको छ ।  

त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा सेभिल्लाले लेभान्तेलाई ६-२ गोल अन्तरले पराजित  गर्‍यो । यता, रियल बेटिस र एथ्लेटिको बिल्वाओबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ । 

भिल्लारियलले भ्यालेन्सियालाई गोल रहित बराबरी खेल्दै एक-एक अंक बाडेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?