एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले जारी इटालियन लिग ‘सिरी ए’ मा अपराजित यात्रा कायम राखेको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा फ्रोसिनोनविरुद्धको खेलमा जीत दर्ता गराउँदै अपराजित यात्रालाई कायमै राखेको हो । युभेन्ट्सले जारी लिगमा लगातार जितेको यो पाँचौ खेल हो ।
आफ्नो घरेलु मैदानमा आइतवार राति भएको खेलमा फ्रोसिनोन युभेन्ट्ससँग २-० गोल अन्तरले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको युभेन्ट्सका लागि ८१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै, खेल सकिनै लाग्दा फ्रेड्रिको बेर्नान्देस्चीले गोल गरेपछि फ्रोसिनोन स्तब्ध बनेको थियो ।
लगातार पाँच खेल जितेको युभेन्ट्स ५ खेलबाट १५ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ।
त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा नेपालीले टोरिनोलाई ३-१ गोल अन्तरले पराजित गर्यो । लाजियोले जेनओलाई ४-१ गोल अन्तरले हरायो । यता बोलोग्नाले रोमालाई २-० गोलले तथा इन्टरले साम्पडोरियालई १-० गोल अन्तरले पराजित गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया