काठमाडौं । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।
एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो ।
म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको छ ।
ताइवानलाई अमेरिकाले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ । चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया