कालिका पावरको अार्इपीअो बुधबार बाँडफाँट हुने

काठमाडौं : कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आर्इपीओ) भोली बुधबार बाँडफाँट गरिने भएको छ । 

प्रतिशेयर एक सय रुपैयाँको दरले कालिकाले भदाै २८ गतेदेखि असोज १ गतेसम्मको अवधि दिएर  ११ लाख १६ हजार कित्ता आर्इपीओ बिक्री खुला गरेको थियो । 

कालिकाको अार्इपीअोमा मागभन्दा ७ गुणा बढी अर्थात ८३ लाख ९३ हजार कित्ताका लागि लगानीकर्ताले आवेदन दिएका छन् । 

कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छ्ट्टाएको छ भने २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलार्इ बाँडफाँड गरिसकेको छ। 

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था छ । 

मागभन्दा धेरै आवेदन परेपछि कालिकाको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडिनेछ । गोलाप्रथाबाट हरेक लगानीकर्ताले १० कित्ता पाउनेगरि शेयर फाँटफाँट हुनेछ । 

मागभन्दा ७ गुणा बढि आवेदन परेकाले सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने छैनन् ।

कूल १ लाख २२ हजार आवेदकमध्ये १ लाख ११ हजार ६ सय जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गर्नेछन् । बाँकी १० हजार ४०० जना आवेदकले शेयर पाउने छैनन् ।

कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?