काठमाडाैं : नेपाली पूँजीबजारका लगानीकर्ताहरूले कमजोर रेटिङ भएका जलविधुत कम्पनीहरूलार्इ अार्इपीअो निष्काशनमा बन्देज लगाउन सरकारसँग माग गरेका छन् ।
क्रेडिट रेटिङ-५ भएका जलविधुत कम्पनीहरूलार्इ अार्इपीअो निष्काशन गर्न नदिन लगानीकर्ता संघका प्रतिनिधीहरूले उर्जामन्त्री बर्षमान पुनसँग अाग्रह गरेका हुन् ।
जलविधुत कम्पनीको बेथितीका कारण शेयर बजारमा समेत नकारात्मक असर परेको उल्लेख गर्दै संघले उर्जामन्त्रीलार्इ ९ बुँदे लिखित मागपत्र नै पेश गरेको छ ।
यस्ता छन् माग :
- र्इक्वीटीको ३०% भन्दा बढी शेयर निष्काशन गर्न नपाउने व्यवस्था अावश्यक
- कम्पनीले ऋण नतिर्दै अर्को कम्पनी सञ्चालन गर्न नपाउने
- बैंकसँगको कर्न्सोर्टियम लोन र विधुत प्राधिकरणसँग पीपीएमा प्रश्तुत गरेको अार्थिक तथ्यांकभन्दा बढी नहुने गरि अार्इपीअो निष्काशन गर्नुपर्ने,
- प्रतिमेगावाट १८ करोड रूपैयाँभन्दा बढि लागत लगाएका कम्पनीलार्इ अार्इपीअो निष्काशनमा बन्देज लगाउनुपर्ने,
- जलविधुत कम्पनीहरूलार्इ नियमन गर्न नियामक निकायको व्यवस्था गर्नुपर्ने,
- जलविधुत कम्पनीलार्इ ३० बर्षपछि सरकारीकरण गर्दा सर्वसाधारणको लगानीबारे नीतिगत व्यवस्था गर्नुपर्ने,
- सुनकोशी क्यासकेट अायोजनामा सर्वसाधारणको लगानी सुरक्षित गरार्इदिनुपर्ने, अादि ।
लगानीकर्ताले पेश गरेको माग कार्यान्वयनका लागि अाफुले तत्काल पहल गर्ने उर्जामन्त्री पुनले अाश्वासन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया