काठमाडौं : ६ लाख कित्ता साधारण सेयर (अार्इपीअो) जारी गर्न लागेको अाशा लघुवित्त वित्तीय संस्थाले असोज २७ गते साधारणसभा गर्ने भएको छ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले साधारणसभामा प्रबन्धपत्र तथा नियमावली संशोधन र अार्इपीअो निष्काशनको अनुमति सञ्चालक समितिलार्इ दिने निर्णय गर्नेछ ।
आशा लघुवित्तले ६ करोड रूपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर (आर्इपीओ) जारी गर्न यसअघि नै पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिर्इसकेको छ । प्रतिकित्ता १ सय रूपैयाँका दरले यो लघुवित्तले ६ लाख कित्ता आर्इपीओ जारी गर्न लागेको हो ।
आर्इपीओका लागि बिक्री प्रबन्धकमा आशाले प्रभु क्यापिटल लिमिटेडलार्इ नियुक्त गरेको छ । संस्थापक शेयरधनीहरूको स्वामित्व ७० प्रतिशत हुनेगरि प्रभुले यो लघुवित्तको शेयर निष्काशन र बिक्री प्रबन्ध मिलार्इदिनेछ ।
चुक्ता पूँजि १४ करोड रूपैयाँ रहेको आशा लघुवित्तले गत आर्थिक बर्षमा १ करोड १० लाख खुद नाफा गरेको जनाएको छ ।
कम आम्दानी भएका एवं विपन्न वर्गका महिलाहरूलार्इ आयआर्जनका लागि व्यवसाय सञ्चालन गर्न आशाले लघुवित्त सेवा दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया