विश्वव्यापी खडेरी रोकथामका लागि संयन्त्र सार्वजनिक

एजेन्सी : खडेरी रोकथामका लागि पहिलो पटक विश्वव्यापी प्रयासको रूपमा खडेरी कार्य संयन्त्र(फेमिन एक्शन मेकानिज्म–फाम) सार्वजनिक गरिएको छ ।

विश्वबैंक, संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले फाम सार्वजनक गरेका हुन् । फाम विश्वको खडेरी रोक्ने कार्यमा समर्पित रहने जनाइएको छ ।

यो संयन्त्रलाई विश्वव्यापी प्रविधि क्षेत्रका कम्पनीहरूले सहयोग गर्ने भएका छन् । यसमा माइक्रोसफ्ट, गुगल र अमेजन वेब सर्भिसलगायतका कम्पनीले सघाउने भएका हुन् ।

संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा खडेरी रोक्नका लागि आवश्यक तयारी र प्रारम्भिक कार्यमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यो प्रयासले डेटाको पूर्वानुमान शक्तिलाई उपयोग गर्नेछ । यो कार्य वित्तीय उपकररणको उचित प्रयोग गरी विद्यमान प्रणालीसँग मिलेर खडेर हटाउने कार्यमा फामले काम गर्नेछ ।

यो कार्यले करोडौंको ज्यान जोगिने र अन्तर्राष्टिय मानवीय लागतलाई ३० प्रतिशतसम्म घटाउन सकिने विश्वास विश्व बैंक र राष्ट्रसंघले व्यक्त गरेका छन् ।

खडेरी एक आधारभूत नैतिक विषय भएको विश्व बैंकका अध्यक्ष जिम योंग किमले राष्ट्रसंघको न्यूयोर्कस्थित प्रधानकार्यालयमा बताए । २

१औं शताब्दीमा खडेरीको समस्या समाधान गर्न नसक्नु लाजको विषय भएको उनको भनाइ थियो ।

राष्ट्रसंघका महासचिव एनटोनियो गुइटर्सले खडेरीको पूर्वानुमान र रोक्न यो संयन्त्र एक महत्वपूर्ण नयाँ उपकरण भएको विश्वास व्यक्त गरे ।

उनले भने “फामले खाद्य सुरक्षाको अझ राम्रो तस्विर प्रस्तुत गर्नेछ ।”

कार्यक्रममा विश्वबैंक र राष्ट्रसंघका प्रमुखहरूले खडेरीका विरूद्ध शून्य सहनशीलताको नीतिप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । 

उत्तरपूर्व नाइजेरिया, सोमालिया, दक्षिण सुडान र यमनमा खडेरी र खडेरीसँग सम्बन्धित समस्याका कारण २ करोड मानिस सन्२०१७मा संकटमा फसेका थिए ।

खाद्य असुरक्षाको समस्याले आज विश्वभर १२ करोड ४० लाख मानिस संकटमा फसेको छ । ती मध्ये आधा जति द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गर्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?