खेलेरै करोडपति बनेका सन्दिपले ‘युएई’मा हुने टी–१० क्रिकेट लिग खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स ‘युएई’मा हुने टी–१० क्रिकेट लिगको लागि छनोट भएका छन् । 

यहि नोभेम्बर २३ देखि डिसेम्बर २ तारिखसम्म ‘युएई’मा आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान ओइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो । 

सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अनुबन्ध गरेको हो । सन्दीपको टिममा विस्फोटक ब्याटम्यान क्रिस गेल, किरण पोलार्ड, फास्ट बलर जुनैद खान र अलराउण्डर टम कुरान  रहेका छन् ।

टी–१० लिगमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स र नर्थर्न वारियर्स गरी ६ टिम सहभागी छन् । 

केरला किंग्समा आइकन मोर्गन, मराठामा राशिद खान, पख्तुन्समा शहिद अफ्रिदी, पन्जाबीमा शोयब मलिक, कराचियन्समा शेन वाटसन, बेङ्गालमा सुनिल नारायण, नर्थर्न वारियर्समा ड्यारेन स्यामी तथा राजपुत्समा ब्रेन्डन म्याकलम रहेका छन्। 

यस अछि सन्दीप इंन्डियन प्रिमियर लिग ‘आइपीएल’मा ३२ लाख नेपाली रुपैयाँमा खेलेका थिए । उनले अन्तर्राष्ट्रिय लिगमा पहिलो पटक खेल्दै ब्यवसायिक क्रिकेट खेल जीवन शुरु गरे । हाल उनलाई अन्तराष्ट्रिय स्तकको क्रिकेट खेल्न भ्याइ नभ्याई छ । 

‘आईपीएल’को सिजन सकिन साथ उनी ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा रुपैयाँमा आवद्ध भए । 

क्यानेडियन प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’मा ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक लिएका थिए ।  त्यस्तै, अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’मा १५ हजार अमेरिकी डलर आवद्ध हुँदै खेल खेलिसकेका उनलाई हालै मात्र केरलाले ३० हजार अमेरिकी डलर अनुबन्ध गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?