किन दिए फोटो शेयरिङ एप इन्स्टाग्रामका सह–सस्थापकले राजिनामा ?

एजेन्सी । फोटो शेयरिङ एप इन्स्टाग्रामका सह–सस्थापक केविन सिस्ट्रोम र माइक क्रिगरले राजिनामा दिएका छन् । 

सिस्ट्रोम इन्स्टाग्रामको सीईओ थिए भने क्रिगरले यसको प्रमुख प्राविधिक अधिकारीहरुको जिम्मेबारी सम्हालिरहेका थिए । केही दिनमा दुबैले कम्पनी छाड्नेछन् । 

मिडिया रिपोर्ट अनुसार प्यारेन्ट कम्पनी फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जकरवर्गको कारणले दुईले यो निर्णय लिएका हुन् । 

यस अघि फेसबुककै नियन्त्रणमा रहेको वाट्सएपका सह–सस्थापकले समेत अप्रिलमा कम्पनी छाडेका थिए ।

वाट्सएपका प्रमुख कार्यकारी अधिकृत र फेसबुकको बोर्ड सदस्य समेत रहेका जोन कोमले पनि फेसबुकको नेतृत्वसँग भएको विवादको कारणले राजीनामा दिएका थिए । कोम फेसबुकको डाटा पोलिसीसँग क्रुद्ध थिए । फेसबुकले सन् २०१४ मा वाट्सएपलाई किनेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?