काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गर्ने भएको छ ।
हरेक बर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गर्ने भएको हो ।
गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन भएको थियो । नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।
सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले १२ गते (शुक्रबार) देखि पाउँने भएपनि सर्वसाधारणलाई भने २१ देखिमात्र वितरण गरिने भएको छ ।
काठमाडौँ बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण हुनेछ ।
प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया