काठमाडौं । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालका रिजेन्द्र राजभण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन् ।
सोमबार रातीदेखि शुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पूरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो । नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका जिएम इरिक हसनसँग, विवेक लामा जिएम जिएम राजभान प्रेतुसँग र रुपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भए ।
दोस्रो चरणमा नेपाली पूरुष टोलीले नेदरल्यान्ड एन्टीलाईजसँग खेल्नेछ । यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भीयासँग ४–० ले पराजि भएको छ ।
नेपालकी शुसिला गुरुङ लात्भीयाकी डब्लुजीएम लौरा रोमुलसँग, सिन्दीरा जोशी डब्लुजीएम लाजे बोरजीनासँग, सुजना लोहनी डब्लुएफएम ईलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लुएफएम लिन्दा कुरमिनासँग पराजित भए ।
दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म चल्ने चेस ओलम्पियाडमा एकसय ८५ देशका १६ सय ६८ खेलाडीले भाग लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया