काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन पे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । योजना अन्तर्गत बैंकले आफ्नो फोन पे क्यु आर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्न भदौ एक गतेदेखि सेवा सुरु गरेको हो ।
“क्युर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्यु आर मर्चेन्टहरुले क्युर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको खाता मार्फत प्राप्त गर्नेेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट एयरलाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया