काठमाडाैं : ग्यास बिक्रेता महासंघले ग्यास बिक्रीको कमीशन कम्तिमा ५% बढाउन सरकारसँग माग गरेको छ ।
६ बर्षदेखि कमीशन नबढेको जनाउँदै ग्यास बिक्रेताको छाता संगठनले सरकारलार्इ हालको कमीशनले कोठाभाडा पनि तिर्न सक्ने अवस्था नरहेकोले कमीशनमा उचित पुनर्विचार गर्न अाग्रह गरेको हो ।
मासिक १ हजार सिलिन्डर बेच्दा ३२ हजार रूपैयाँमात्र अाम्दानी हुने र सो रकमले दैनिक जीवनयापन गर्न नै मुस्किल पर्ने बिक्रेताहरूले दाबी गरेका छन् । हाल एक सिलिन्डर ग्यास बेच्दा बिक्रेताले ३२ रूपैयाँ कमीशन पाउने गरेका छन् ।
सरकारले पछिल्लो पटक ग्यास बिक्रेताको कमीशन र ढुवानी खर्च लगायतका विषयमा अध्ययन गर्न समिति बनाएको छ । अर्थ मन्त्रालयका सहसचिव उदय सापकोटा संयोजकत्वको समितिले दिएको सुझावका अाधारमा अापूर्ति मन्त्रालयले ग्यास कमीशनबारे अावश्यक निर्णय लिने जानकारी दिएको छ ।
ग्यासमा कमीशन नबढाए तालाचाबी सरकारलार्इ बुझाएर व्यवसाय बन्द गर्ने चेतावनी दिएपछि सरकारले समिति गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया