काठमाडाैं : सार्वजनिक वित्त व्यवस्थापनमा स्रोतको अभाव भोगिरहेको सरकारले यसको जोहो गर्न न्यून बिजकीकरण गरि भन्सार छल्ने व्यापारीमाथि कडार्इ गरेको छ ।
सरकारले बजार मूल्यको अध्ययन गरि विदेशबाट अायात हुने सामानमा भन्सार मूल्यांकन व्यापारीले दाबी गर्ने गरेको भन्दा निकै बढार्इदिएको छ ।
भन्सार विभागले हालैमात्र नयाँ सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु) बढाएको हो । व्यवसायीहरूले भने खरिद गरेको मूल्यभन्दा पनि बढि रेफरेन्स भ्यालु राखिएपछि यसले खुद्रा बजारलार्इ सोझै असर दाबी गरेका छन्।
नयाँ सन्दर्भसूचीकै दरमा अायातित सामानको भन्सार जाँचपास गर्ने सरकारको तयारी छ । भारतबाट हुने अायातमै पहिलो चरणमा रेफरेन्स भ्यालु लगाउने भएपछि व्यापारीले अाफ्नो अाम्दानी यथावत् राख्न बजारमा तत्काल महंगी बढाउनसक्ने देखिएको छ ।
भदाै २० गते यता तेस्रो मुलुकबाट सिपमेन्ट भएका सामानमा पनि नयाँ सन्दर्भ मूल्यसूची कायम हुनेछ ।
मुख्यगरि निर्माण सामग्री महंगिँदै
भन्सार विभागले चीनबाट ल्यार्इने झ्यालढोकाको अाल्मुनियम चाैकोशमा ३२ सय अमेरिकी डलर सन्दर्भसूची तोकेको छ । तर चीनबाट प्रतिटन २४ देखि २६ सय डलरमा यस्ता सामान अायात भर्इरहेको व्यवसायीको दाबी छ ।
अब व्यापारीले प्रतिटन २६ सय डलरको दरमा एलसी खोलेमा सरकारले भन्सार मूल्यांकनमा ६ सय डलर समेत थपेर राजस्वको ५०% सम्म जरिवाना गर्ने भएको छ ।
न्यून भन्सार मूल्यांकनका कारण राजस्व गुमेको चिन्ता भर्इरहँदा ब्यापारीहरूले अब अाफुले अायात गर्ने सामानको अधिमूल्यांकन देखाउनुपर्ने भएको छ ।
सरकारले भारतबाट ल्याउने अाल्मुनियम पातामा पनि व्यापारीले दाबी गरेको मूल्यभन्दा ३४ रूपैयाँ (भारू) सम्म बढि सन्दर्भ मूल्य तोकेको छ । व्यापारीका अनुसार भारतबाट अायात हुने प्रति वर्ग मिटर अाल्मुनियम पाताको मूल्य २३ देखि २६ रूपैयाँसम्म पर्छ । तर, भन्सारले भने ५० भारूसम्म भन्सार मूल्यांकन गराएको छ ।
यसैगरि, टायल, तयारी पोशाक, अन्य कपडा र घिउ लगायतक बस्तुमा पनि सरकारले भन्सार मूल्यांकन बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया