नेपाली व्यापारीले विदेशमा मध्यस्थता व्यापार गर्न पाउने

काठमाडाैं : अबदेखि नेपाली व्यवसायीले अन्तरराष्ट्रिय बजारमा मध्यस्थता व्यापार (हार्इसी सेल्स) गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालको प्रचलित नियम र कानूनको अधिनमा रही नेपाली व्यापारीहरूलार्इ देशबाहिर सामान खरिद र बिक्री गर्ने सुविधा दिएको हो । 

यो सुविधासँगै नेपाली व्यवसायीहरूले विदेशी बजारमा नेपालको कानूनले खरिद गर्न बर्जित नगरेका सामानहरू किन्न र विदेशमै बेच्न सक्नेछन् । एउटा देशबाट सामान किनेर अर्को देशमा बेच्न समेत पार्इनेछ ।

हार्इसी सेल्सका लागि नेपाली व्यापारीहरूले अावश्यक कानूनको परिपालना भने गर्नुपर्नेछ । यसरी विदेशमै मध्यस्थता व्यापार गर्नुअघि अग्रीम रूपमा विदेशी मुद्रा प्राप्त भएको प्रमाण पेश गर्नुपर्ने, प्रतीतपत्रमार्फत अन्तरराष्ट्रिय प्रचलनअनुसार निर्यात व्यापार गर्नुपर्ने, प्रतीतपत्रसम्बन्धी हाल कायम कानूनी व्यवस्था तथा अन्तराष्ट्रिय प्रचलनको पालना गर्नुपर्ने, प्रतीतपत्र खोल्नुअघि विदेशबाट अग्रीम रुपमा नेपाली बैंकमा विदेशी मुद्रा प्राप्त भएको हुनुपर्ने र प्रतीतपत्र खोल्दा प्राप्त रकम ननाघ्ने गरी खोल्नुपर्ने राष्ट्र बैंकले शर्त तोकेको छ ।

नेपालीहरूले पनि मध्यस्थता व्यापार गर्न पाउने भएपछि अन्तरराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावबाट लाभ लिन सकिने व्यापारीहरूले बताएका छन् । विशेषगरि कच्चातेल, स्टीललगायतका धातुजन्य बस्तु, र कमोडिटीको खरिद र बिक्रीमा नेपालीले फार्इदा लिन सक्नेछन् । 

यसअघि नेपाली व्यापारीले विदेशमा किनेको सामान सिधै नेपाल भित्र्याउनुपर्ने कानूनी व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?