अोरियन्टल होटलले ल्यायो एफपीअो जारी गर्ने प्रस्ताव

काठमाडाैं : पाँचतारे -याडिसन होटल सञ्चालन गरिरहेको अोरियन्टल होटल लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीअो) जारी गर्ने प्रस्ताव ल्याएको छ । अाउँदो कात्तिक १२ गते हुने होटलको २१ अाैं बार्षिक साधारणसभाम एफपीअो निष्काशनको प्रस्ताव गरिने होटल सञ्चालकहरूले जानकारी दिएका छन् । 

कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ५५% र शेयरधनीको ४५% हिस्सा कायम गर्नेगरि एफपीअो निष्काशन गर्ने होटलको तयारी छ । यसअघि नै यो कम्पनीले गत बर्षको कमार्इबाट १५% बोनस बाँड्ने घोषणा गरिसकेको छ । 

साधारणसभाले एफपीअोबारे निर्णय गरेपछि मात्र निष्काशन प्रकृया अघि बढ्नेछ । साधारणसभामै अाफ्ना शेयरधनीलार्इ २६% लाभांश र १५% बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पेश गरिने भएको छ । 

अोरियन्टल होटलको चुक्ता पूँजी हाल ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रूपैयाँ छ । बोनस शेयर वितरणपछि चुक्ता पूँजी १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८ सय ४४ रूपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?