कैलाश विकास बैंकले अाफ्ना शेयरधनीलार्इ १७% नगद लाभांश दिने

काठमाडाैं : कैलाश विकास बैंकले अाफ्ना शेयरधनीलार्इ १७% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत अार्थिक बर्षको मुनाफासहित हाल कायम चुक्ता पूँजीको १७% हुन अाउने रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव गरेको हो । 

लाभांशका रूपमा वितरण गर्न लागिएको रकम ४२ करोड ८५ लाख ८ हजार १ सय २० रूपैयाँ बराबर हुन अाउँछ । 

नियामक राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि मात्र सञ्चालक समितिले पेश गर्ने लाभांश प्रस्ताव कार्यान्वयनमा अाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?