काठमाडौं । नेप्सेमा यो साता निकै नै उतारचढाव देखिएको छ । नियमित कारोबारको लागि छ कार्य दिन खोलिनु पर्ने नेप्से अन्तिम अर्थात छैंठो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । खुलेका दिनहरुमा पनि तीन कार्य दिन नेप्से लगातार घटेको थियो भने दुई कार्य दिन बढेको थियो । यसले साप्ताहिक नेप्से सुचक एवं कारोबार रकम खासै बढाउन सकेन ।
जसले गर्दा नेप्से यो साता २ हजार ६८ दशमलव २६ अंकमा खुम्चिन पुग्यो भने सेन्सिटिभ इन्डेक्स पनि ४ सय दशमलव ८ अंकमा खुम्चिन पुग्यो । यो खुम्चाईको प्रत्यक्ष असर नेप्सेको साप्ताहिक कारोबार रकमा पर्यो । सातामा २ सय २७ वटा कम्पनीहरुको १ लाख ९२ हजार ४ सय ७७ पटक मात्र सेयर कारोबार भयो । जसबाट सातामा २ करोड ५५ लाख ९१ हजार १ सय २३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम १० अर्ब ५० करोड ५० लाख ७३ हजार ८ सय ८० रुपैंयाँ कायम भयो । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो ।
गत साता नेप्सेमा १२ अर्ब ४ करोड २० लाख ९८ हजार ९ सय ७७ रुपैंयाँको सेयर कारोबार भएको थियो । उक्त साता २ सय २३ वटा कम्पनीहरुको २ लाख ७ हजार ४ सय ७३ पटक सेयर कारोबार हुुंदा ३ करोड २ लाख १९ हजार ४ सय ५३ कित्ता सेयर किनबेच भएको थियो । सोही किनबेचका आधारमा उक्त साता कुल कारोबार रकम १२ अर्ब रुपैंयाँ नाघेको थियो ।
यो साता नेप्से पाँच कार्य दिन मात्र खुलेकोमा पहिलो, तेस्रो र चौंथो दिन नेप्से लगातार घटेको थियो भने दोस्रो र पाँचौं दिन नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन २७ दशमलव ९२ अंकले घटेर दुई हजार १० दशमलव ९२ अंकमा झरेको नेप्से दोस्रो दिन भने ५५ दशमलव ८८ अंकले बढेर दुई हजार ६५ दशमलव ८९ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने २४ दशमलव ८३ अंकले घटेर दुई हजार ४१ दशमलव छ अंकमा झरेको नेप्से चौंथो पनि शुन्य दशमलव ३६ अंकले घटेर दुई हजार ४० दशमलव ७० अंकमा खुम्चिएको थियो । यसैगरी पाँचौं दिन नेप्से २७ दशमलव ५६ अंकले बढेर दुई हजार ६८ दशमलव २६ अंकमा पुग्न सफल भएको थियो । छैठो कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
यसैगरी पहिलो दिन चार दशमलव ७६ अंकले घटेर तीन सय ८६ दशमलव ९० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने ११ दशमलव २३ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा पुग्न सफल भएको छ । तेस्रो दिन तीन दशमलव ७५ अंकले घटेर तीन सय ९४ दशमलव ३९ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने शुन्य दशमलव २८ अंकले बढेर तीन सय ९४ दशमलव ६७ चढेको थियो । यसैगरी पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स पाँच दशमलव ४१ अंकले बढेर ४ सय दशमलव ८ अंकमा पुग्न सफल भएको थियो ।
नेप्सेमा यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार हुंदा शिवम सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार ९संख्या र रुपैयाँमा०
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २२७ ३८४१८ ४५५९०२२ १८७३२८१८९७
दोस्रो दिन २१५ ४२८९७ ६०२६१९२ २४३२९८४६१२
तेस्रो दिन २२१ ४३३९२ ६४०६७३८ २७३४८५३०५८
चौंथो दिन २२० २६१९९ ३४९७८८१ १४०५९७४२५६
पाँचौं दिन २२० ४१५७१ ५१०१२९० २०५७९८००५७
छैंठो दिन सार्वजनिक बिदा
कुल १९२४७७ २५५९११२३ १०५०५०७३८८०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया