साफ च्याम्पियनसीप खेल्ने नेपाली महिला टोलीको बिदाई

काठमाडौं । यहि शुक्रवारबाट भुटानमा हुने यू-१८ साफ च्याम्पियनसीप खेल्ने नेपाली टिमलाई बिदाई गरिएको छ । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले भुटानमा आयोजना हुने साफ च्याम्पियनसीप खेल्ने २३ सदस्यीय नेपाली टिमलाई बुधवार विदाई गरेको हो । खेलाडीसहितको टोली बुधवार नै त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । 

नेपाली खेलाडीसहितको टोलीलाई एन्फाको कार्यबाहक अध्यक्ष बीरबहादुर खड्का, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महिला कमिटिका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन संगीना बैद्य लगायतले विदाई गरेका थिए । 

अक्टोबर ७ तारिखसम्म चल्ने यो च्याम्पियनसीपमा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘बी’मा नेपालसहित  भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान र बङ्गलादेशसँग खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध भिड्नेछ । त्यस्तै, दोस्रो खेलमा बङ्गलादेशको सामना गर्नेछ ।

प्रारम्भिक नेपाली टोली
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान,  पुजा राना मगर

मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा

प्रशिक्षक : हरि ओम श्रेष्ठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?