ललितपुर जिल्ला राष्ट्रिय टेनिसको उपाधि निक र प्रेरणालाई

काठमाडौं । कमल भण्डारी र प्रणव खत्रीको जोडीले ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । 

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा भण्डारी र खत्रीको जोडीले जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई २-१ को निक्कै प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन् ।

भण्डारी र खत्रीको जोडीले खेलको पहिलो सेट ६-१ र अन्तिम सेट १०-७ ले जितेका थिए भने, दोस्रो सेट ३-६ ले गुमाएका थिए । 

यता पुरुष एकलतर्फको उपाधि भने निक रासट्रप तथा महिला एकलतर्फको उपाधि प्रेरणा कोइरालाले जितेका छन् । रासट्रपले फाइनल खेलमा जितेन्द्र परिवारलाई ४-६, ७-५ र ३-३ को सेटमा हराउँदै उपाधि हात पारे ।

त्यस्तै, कोइरालाले माहिका राणालाई ०-६, ६-३ र ६-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जित्न सफल भइन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?