दशैंको बेला कालोबजारीको संकेत

काठमाडौं । दशैं नजिकिदै गर्दा दैनिक उपभोग्य सामानकहरुको पनि मूल्यमा वृद्धि भएको छ । 

अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको हो  । 

आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ भने ४५ रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।

यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् । भटमासको तेल, सूर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ ।  अहिले भटमासको तेल प्रतिलिटर १४०, सूर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यू १४० रुपैयाँ पुगेको छ । 

त्यस्तै, चिनीको मूल्य पनि आकासिएको छ । चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रुपैयाँ थियो भने बजारमा ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर, चिनीको आयात रोकिएसँगै व्यापारीहरुले चिनीको मूल्य ८० रुपैयाँ पु-याएका हुन् ।  

चाडबाडका बेला व्यापारीले कालोबजारी गर्ने भएकाले अझै मूल्यवृद्धि हुने देखिएको छ ।  सामान स्टकमा राखेका व्यापारीले भने कालोबजारी गर्ने गरेको पछिल्लो केही वर्षयता देखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?