काठमाडौं । आउँदो शुक्रवारबाट चलचित्र ‘अनुराग’ रिलिज हुँदैछ । यतिबेला फिल्मको प्रचारमा यो फिल्मका कलाकारको व्यस्तता बढेको छ । मिडियालाई मात्र समय दिएका छैनन्, फिल्मको प्रचारमा पनि खुलेरै लागेका छन् मुख्य कलाकार एलिजा गौतम र समुद् पण्डित ।
काठमाडौंको पुतलीसडकको एक क्याफेमा अनुराग जोडी अनु (एलिजा गौतम) र राग (समुद्र पण्डित) भेटिए । साथमा प्रस्तुतकर्ता ऋषि धमला पनि फिल्मको बारेमा जानकारी गराउँदै थिए । उनले भने, ‘हाम्रो फिल्म नेकपाका अध्यक्ष कमरेड प्रचण्डले पनि हेर्ने भन्नुभएको छ, फिल्मको तारिफ पाएको छु ।’
फिल्मको प्रमोसनका क्रममा भेटिएका ‘अनुराग’ का केही तस्वीर लोकपथकर्मीले क्लिक गरेका थिएः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया