मनाङ मस्याङदीलाई सिग्नेचरको साथ

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तयारीमा रहेको साबिक विजेता मनाङ मस्याङदी क्लबले नयाँ प्रायोजक पाएको छ । 

सात पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्याङदीले लिगको लागि मुख्य प्रायोजकको रुपमा  सिग्नेचरसँग  प्रायोजन सम्झौता गरेको हो । 

मनाङले सिग्नेचरसँग कति रकममा प्रयोजन सम्झौता गरेको हो त्यो भने खुलाएको छैन् ।  नयाँ सम्झौतासँगै मनाङले लिगमा सिग्नेचर लोगो अंकित जर्सी लगाउनेछ । 

यसअघि मनाङको मुख्य प्रायोजकमा हुन्डाई रहदैं आएको थियो । तर, हुन्डाईले लिगको समयमा मात्र पैसा उपलब्ध गराउने गरेको कारण सम्झौता तोडेको महासचिब मुखिया गुरुङले बताए ।  ‘ए’ डिभिजन लिग यहि शुक्रबारबाट शुरु हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?