शेयर बेचेपछि पूर्जी काट्न नपर्ने ‘र्इडीअार्इएस’ सेवा अाउँदो सातादेखि

काठमाडौं : पूँजीबजारका लगानीकर्ताले शेयर बेचेपछि पूर्जी काट्नु नपर्ने  र्इडीअार्इएस सेवा अाउँदो सातादेखि शुरू गरिने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को सञ्चालक समिति बैठकले र्इडीअार्इएस सेवा सञ्चालन गर्न अनुमति दिएको हो । निक्षेप सदस्य र ब्रोकर कम्पनीसँग पनि यो सेवा सञ्चालन गर्नेबारे सिडिएससीले मंगलबार छलफल गरिसकेको छ । 

र्इडीआर्इएस प्रणाली शुरू गरेपछि लगानीकर्ताको समय बचत हुनेछ भने शेयरको कारोबार गर्न पनि सजिलो हुने सीडिएसले जानकारी दिएको छ । सेयर बिक्रीपछि राफसाफका लागि आफ्नो खाताबाट ब्रोकरको खातामा सेयर जम्मा गराउन डीआर्इएस पूर्जी काट्नुपर्ने छैन ।

शुक्रबारसम्म निक्षेप सदस्य र ब्रोकर कम्पनीका कर्मचारीलार्इ अावश्यक तालिम दिने र अाउँदो अार्इतबारदेखि नै र्इडीअार्इएस सेवा पूर्ण रूपमा कार्यान्वयन गर्ने सिडीएससीले जानकारी दिएको छ । 

यसअघि शेयर बिक्री गरेपछि राफसाफका लागि धितोपत्र दलाल (ब्रोकर) को खातामा शेयर जम्मा गराउन डेबिट र्इन्ट्रक्सन स्लीप (डीआर्इएस) भर्नुपर्ने प्रावधान थियो । तर, डीआर्इएस प्रणालीलार्इ विस्थापित गर्दै सिडीएससीले अब उप्रान्त र्इलेक्ट्रोनिक्स डेबिट र्इन्स्ट्रक्सन स्लीप (र्इडीआर्इएस) शुरू गर्न लागेको हो ।

हाल सीडीएसको (मेरो शेयर) एप प्रयोग गरिरहेका लगानीकर्ताले र्इडीआर्इएस नि:शुल्क प्रयोग गर्न पाउनेछन् । अहिले ३ लाख १६ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गरिरहेका छन् ।

यो पनि :

अब शेयर बेचेपछि पूर्जी काट्न नपर्ने, डीआर्इएसको सट्टा र्इडीआर्इएस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?