एक्सेल बैंकका संस्थापक भट्टरार्इले २५ हजार कित्ता शेयर बेच्दै, ३५ दिनभित्र किन्न सकिने

काठमाडाैं : झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक चेत प्रसाद भट्टरार्इले २५ हजार कित्ता संस्थापक शेयर बेच्न लागेका छन् । 

भट्टरार्इले बेच्न लागेको शेयर बैंकका र्इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र अावेदन दिर्इ किन्न पाउनेछन् । 

बैंकले हिजो बुधबारदेखि कायम हुनेगरि यो संस्थापक शेयर किन्न ३५ दिने खरिद अावेदन मागेको छ । खरिद अावेदन बैंकको केन्द्रीय कार्यालय बिर्तामोडमै बुझाउनुपर्नेछ ।

तोकिएको अवधिमा संस्थापक लगानीकर्ताबाट शेयर खरिदका लागि अावेदन नपरेमा सर्वसाधारण लगानीकर्तालार्इ शेयर बेचिने बैंकले जानकारी दिएको छ। 

गत अार्थिक बर्षमा १५ करोड ६६ लाख रूपैयाँ खुद नाफा कमाएको यो बैंकले हालै अाफ्ना शेयरधनीलार्इ १७% नगद लाभांश दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?