ज्योति विकास बैंकले ल्यायाे डबल मुद्दती योजना

लोकपथ
70
Shares

काठमाडौं । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट” मुद्धती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो ।

व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खातामा न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरुद्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरि सञ्चालनमा ल्याउन सकिनेछ ।

साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ । योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि “ज्योति दुई गुणा डिपोजिट” मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि सञ्चालनमा ल्याइएको छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रीत भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल १ सय १९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?