एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’

लोकपथ
42
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गर्दै “एक्सेल समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । यस बचत खातामा बार्षिक नौ दशमलव शुन्य पाँच प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएकोे छ । यस अन्र्तगत न्यूनतम दुई हजार रुपैयाँमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्धि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

“तपाईको स्थानीय साझेदार” को नारा लिएको बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध गराउने बताएको छ । जस अन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक, अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।

हाल बैकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १० दशमलव शुन्य पाँच प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३ दशमलव शुन्य पाँच प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा तीन गुणा तथा १५ वर्षमा पाँच गुणा हुने मुद्दती निक्षेपहरु पनि सञ्चालनमा रहेका छन् ।

झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिंङ्ग सेवा प्रदान गर्र्दै आएको छ । नगद रहित कारोवारलाई प्रोत्साहन गर्न स्र्माट बैंकिङ, क्यु आर कोड पेमेन्ट, आरटिजिएस कर्पोरेट पे जस्ता सुविधाहरुसमेत उपलब्ध गराउदै आएको छ । साथै १ नम्बर प्रदेशभरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याएर नेपाल राष्ट्र बैंकमा आवेदन गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?