काठमाडौं । महालक्ष्मी विकास बैंकले तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २८ वर्ष देखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले हरितालिका तीज–२०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको हो ।
बैंकले भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निःशुल्क एटीएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गर्नेए बताएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहि आएको बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो ।
देशैभर छरिएर रहेका एक सय तीनवटा शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सूदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीन वटा शाखाहरु मार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई–कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको पनि बैंकले दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया