काठमाडौं । आगामी कार्तिक ९ गतेदेखि शुरु हुने पोखरा प्रिमियर लिग ‘पिपिएल’ क्रिकेटमा सहभागी हुने टिम र मार्की खेलाडी सावर्जनिक गरेको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सहभागी ६ फ्रेन्चचाइज टिम र मार्की खेलाडीहरु सार्वजनिक गरेका हुन् । पहिलो संस्करणको लिगमा ६ टिमले भिड्ने भएका हुन् ।
फ्रेन्चाइज टिममा पोखरा पल्टन, काठमाडौं रोयल्स, चितवन राइनोज्, बुटवल ब्लास्टर, इक्सर्ट धनगढी ब्लूज र विराटनगर टाइटेन्स रहेका छन् । सबै टोलीले आफ्नो मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्यहरुलाई राखेका छन् ।
सर्वाधिक पुरस्कार राशी रहेको यो प्रतियोगिताको खेलहरु पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिता ११ दिनसम्म चल्नेछ । कार्यक्रममा खेलकुद मन्त्री जगत बहादुर विश्वकमा, नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा लगायत खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सहभागी टिम र मार्की खेलाडी
चितवन राईनोज
टिमको मालिक- रेशम बोहरा
मार्की खेलाडी -पारस खड्का
विराटनगर टाईटन्स
टिमको मालिक -पारस लुनिया
मार्की खेलाडी -सन्दीप लामिछाने
बुटवल ब्लास्टर
टिमको मालिक- नरेश गौतम
मार्की खेलाडी -सोमपाल कामी
पोखरा पल्टन
टिमको मालिक -बिनायक पोखरेल
मार्की खेलाडी- शरद भेषवाकर
काठमाडौं रोयल्स
टिमको मालिक-राज्य लक्ष्मी गोल्छा
मार्की खेलाडी-ज्ञानेन्द्र मल्ल
धनगढी ब्लुज
टिमको मालिक- तोया नाथ अर्याल
मार्की खेलाडी-दिपेन्द्र सिह एेरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया