काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका भएका महिला दिदी बहिनीहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरुलाई थप शशक्त बनाएर हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु¥याउने अपेक्षा राखेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदिको उपस्थिति रहको थियो ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ ।
बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंकमा महिला कर्मचारीहरुद्वारा नेतृत्व गरिएका ६ वटा शाखाहरु रहेका छन् । प्रदेश नम्बर १ को टंकिसिनुवारी, मधेष प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनि प्रदेशको भलवारी र सुदूर पश्चिम प्रदेशको धनगढीमा महिला नेतृत्वको शाखा रहेका छन् । कर्णाली प्रदेशमा भने महिला नेतृत्व भएको शाखा विस्तार गरिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया