अण्डरवेयरभित्र सुन लुकाएर नेपाल आएका भारतीय नागरिक पक्राउ

लोकपथ
147
Shares

काठमाडौं । प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।

हिजो (सोमबार) सारजाह एभिएसन सर्भिसको जी–९५३६ नम्बरको फ्लाईटबाट दुवई(यूएई) हुँदै नेपाल आएका भारतका ३४ वर्षीय विकास महाजनलाई प्रहरीले पक्राउ गरेको हो।

महाजनलाई प्रहरीले अवैधरुपमा सुन ल्याएर कारोवार गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

कोईरालाले दिएको जानकारी अनुसार महाजनले सेतो भेष्टमा ४ सय ८ ग्राम तथा निलो रंगको अण्डरवेयरमा ३ सय ६९ ग्राम गरि कुल ७ सय ७७ ग्राम सुन ल्याएका थिए । साथै, पक्राउ परेका महाजनको साथबाट प्रहरीले पाँच सय दरको भारतीय रुपैयाँ १९ हजार पाँच सय एवम् ४ सय २० यूएई दिराम समेत बरामद गरेको हो ।

उनलाई भन्सार छली सम्बन्धी कसुरमा आज (मंगलबार) आवश्यक अनुसन्धान तथा कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?