काठमाडौं । नेपाल आपूर्ति व्यवसथापन तथा उपभोक्त संरक्षण मन्त्रालयले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर (शुक्रबार) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।
विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल शुक्रबार (आज )बाट सञ्चाला हुनेछ ।
आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको जनाएको छ ।
यो दशैंमा सुपथ मुल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थान र सहकारी संस्थामार्फत संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो सञ्चलन गर्ने छ । साथै कर्पोरेशनको २२ वटा कार्यालय सहित ३६ स्थानहरु सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।
यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।
प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ मा पाइने छ । त्यसतै ६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ, प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ, ४८ रुपैयाँपर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ, ८० रुपैयाँपर्ने, जापानीज चामललाई ७५ रुपैयाँ, १३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ, ८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ, खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट हुने बिभागले जनाएको छ ।
यता साल्ट ट्रेडिङको वस्तुमा २० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ दिने जनाएको छ ।
चिनीमा ५ रुपैयाँ छुट र आवाश्यकता अनुसार अन्य छुट छ भने दूग्ध विकास संस्थानबाट उत्पादित वस्तुमा ९०० रुपैयाँ पर्ने एकलिटर घ्यूलाई ८५० रुपैयाँ, प्रतिकेजी ६२० रुपैयाँ पर्ने पनिरको मूल्य ६१० रुपैयाँ तोकिएको छ । आइसक्रि, दही, लस्सी, केचपजस्ता वस्तुमा पनि छुट रहेको छ ।
हरेक बर्ष सरकारले शहरी क्षेत्रमा सुपथ मुल्य पसल चलाए पनि कमजोर आर्थिक अवस्था भएका नागरिक बस्ने ग्रामिण क्षेत्रमा भने कहिल्यै यस्ता पसल विस्तार गरिएको भने छैन् ।
यस्तै घटस्थापना देखि फुलपातीको दिनसम्म सस्थानले सुपथ मूल्यमा खसी बोका तथा भेडा च्यांग्रा समेत कारोवार गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया