एजेन्सी :भारतले इरानको तेल खरिदलाई निरन्तरता दिने भएको छ ।
अमेरिकाले लगाएको नाकाबन्दीको कार्यान्वन तेल खरिदमा हुन लाग्न केही समय बाँकी अघि इरानका विदेशमन्त्रीले यस्तो जनाएका हुन् ।
नोभेम्बर ४ देखि इरानसँग तेल खरिद गर्ने विरूद्ध पनि कारबाही गर्ने गरी अमेरिकाले सो नाकाबन्दी लगाएको हो ।
न्युयोर्कमा भारतका विदेशमन्त्री सुषमा स्वराजसँगको भेटपछि इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले यस्तो बताए ।
चीन पछि इरानको सबैभन्दा दोस्रो ठूलो ग्राहक भारत रहिआएको छ । भारतलाई तेल आपूर्ति गर्ने तेस्रो ठूलो देश इरान हो ।
इरानले तेल खरिद गर्ने देशलाई सहुलियत दिने जनाएपछि भारतले तेल खरिद गर्ने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया