एफडीआई आकर्षित गर्न योजना बुन्दै चीन

एजेन्सी : चीनको अमेरिकासँग व्यापार विवाद बढ्दै गएको बेला चीनले अन्तर्राष्ट्रिय पुँजीलाई आकर्षित गर्न एक आवश्यक र प्रभावकारी कदमको लागि व्यापारिक वातावरणको सुधार गर्न विशेष नयाँ कदमहरू घोषणा गरेको छ ।

विशेषज्ञ र विदेशी कम्पनीका अधिकारीहरूले जनाए अनुसार विदेशी लगानीकर्ताहरूको लागि थप बजारको उद्घाटन प्रतिज्ञा पछाडि चीनले  नयाँ विदेशी परियोजनाहरू ल्याउनु रहेको छ ।

चीनको वाणिज्य कार्यालयका प्रवक्ता गाओ फेंगले भने, “देशले बिस्तारै आम उत्पादनको क्षेत्रमा बजारको पहुँच घटाउँदै जाने र चीनमा विदेशी लगानीका लागि लगानीको वातावरणमा सुधार गर्दै जानेछ ।”
“चीनले विदेशी वित्तिय उद्यमहरूलाई सहयोग पु¥याउँछ । उनीहरूलाई हुने भूमि र श्रमको उपलब्धततामा चीनले सघाउँनेछ ।”

चीनमा विदेशी लगानीकर्ताहरूको लागि भूमि र समुद्री उपयोग अधिकार प्रदान गर्ने र विदेशी लगानीकर्ताहरूलाई थप क्षेत्रहरू खोल्न समेत विदेशी कम्पनीहरुलाई सहयोग पुर्याउने उपायहरूलाई तालिका बनाएर सूचीबद्ध गरिएको छ ।

बौद्धिक सम्पदा अधिकारहरू (आईपीआर) को सुरक्षालाई बढावा दिइने जस्ता अन्य उपायहरूलाई सूचीबद्ध गरिएको छ ।

अघिल्लो वर्षहरूमा चीनमा विदेशी पूंजीको प्रमुख स्रोतलाई अमेरिकी लगानीलाई लिइन्छ ।युरोपजस्ता अन्य विदेशी लगानीका स्रोतहरूलाई प्राथमिकता दिइ यो योजना बढाइएको छ ।

अमेरिका आधारित कम्पनी टेकम्याचका प्रमुख कार्यकारी माइकल मोरले अमेरिकी टेक्नलजिका लागि चीन आकर्षक बजार भएको बताए ।

उपलब्ध डेटा अनुसार  नयाँ विदेशी वित्त पोषित कम्पनीहरूको संख्या २०१८कोे पहिलो ८ महिनामा ४१३३१ पुगेको छ ।यो वर्सेनी १०२.७ प्रतिशतले बढिरहेको छ ।

यो अवधिमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई)को प्रवाह ६.१ प्रतिशत  बृद्धि भइ ८६.५ अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।

टोकियोमा आधारित उपभोक्ता उत्पादन कम्पनी सनटरी होल्डिङका प्रमुख कार्यकारी ताक नीइनमीले निकट भविष्यमा चीनमा थप लगानी गर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?