एयर न्यूगिनीको विमान दुर्घटना, विमानमा सवार सबै सुरक्षित

एजेन्सी । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको विमान रनवेबाट समुद्रमा पुगेको छ ।

विमानमा ३५ जना यात्रु र १२ जना चालक दलमा सदस्य गरि ४७ जना सवार थिए । विमान दुर्घटनामा केही पनि घाइते नभएको बीबीसीले जनाएको छ। 

प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण भने खुलेको छैन् ।  अधिकारीहरुले दुर्घटनाको कारणबारे अनुसन्धान गर्ने जनाएका छन् ।

एयर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको हुन सक्ने अनुमान गरिएको छ  । 

तत्कालै उद्धारकर्मीहरुले समुद्रमा तैरिएको विमानबाट यात्रीलाई उद्धार गरेका थिए । साना डुंगामा राखेर यात्रीलाई बाहिर निकालिएको थियो ।  उनीहरुलाई सामान्य चोट लागेकाले उपचारका लागि अस्पताल पठाइएको बीबीसीले जनाएको छ  । 

विमानमा माइक्रोनेसियाको वेनो टापुबाट पोर्ट मोर्सबीको लागि उडेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?