फिनल्यान्डकी प्रधानमन्त्रीले यसरी गरिन डान्स पार्टीको बचाउ

लोकपथ
70
Shares

काठमाडौं । यसै साता एउटा पार्टीमा गएर नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन् । भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन् ।

‘म मानिस हुँ । यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र केहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी ९एसडीपी०को कार्यक्रममा उनले भनिन् ।

‘यो निजी हो । यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन् ।’ गत साता ‘निकै गाह्रो’ भएको उनले बताइन् ।

‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौँ भन्दा पनि काममा के गर्छौँ भनेर हेर्नेछन्,“ उनले भनिन् ।

एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागुऔषध सेवन गरेको अनुमान गरिएको थियो । त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन् । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?