माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खस्यो

माइक्रोनेसिया । दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान चिप्लिएर समुन्द्रमा खसेको छ । 

विमान ल्याण्ड गर्ने क्रममा चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् ।

विमानमा चालक दलका सदस्य र ४७ यात्रु रहेका छन् । यात्रु र चालक दलका सदस्यहरुको डुंगाको माध्यमबाट उद्धार गरिएको छ । उद्धार गरिएको सबैलाई अस्पताल पठाइएको छ भने आठजना मध्ये चार जनाको अवस्था गम्भीर हरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 

अहिले विमान मात्रै समुन्द्रमा डुबेको छ ।

एयर न्यूगिनीले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएका कारण विमान दुर्घटना भएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?