मापसे गरी सवारी चलाए सिधैँ जेल ! ट्राफिक प्रहरीले सार्वजनिक ग-यो यस्ता सुरक्षा योजना

काठमाडौं । आसन्न वडादशैं, तिहार र छठ पर्वलाई दुर्घटना रहित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सुरक्षा योजना–२०७५ सार्वजनिक गरेको छ । 

यो अभियान आजबाट शुरु भएर कात्तिक महिनाको अन्तिम हप्तासम्म सञ्चालन हुने छ । दशैं २४ गतेबाट शुरु हुँदै छ । महाशाखाले लामो दुरीमा सञ्चालन हुने सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रु राख्न नदिने जनाएको छ । 

यदि टिकटमा कालोवजारी, क्षमताभन्दा बढी यात्रु राखेमा सम्वन्धित ब्यक्तिलाई ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ । लामो दुरीका बसहरुमा दुई जना चालक अनिवार्य गरिएको छ । 

त्यस्तै, उपत्यकाबाट वाहिरीने नाका नागढुङ्गा र थोनकोट, फर्पिङ्ग बल्खु, साँगा–जगाते, मुड्खु बालाजुक्षेत्रमा नियमित सवारी साधनको चेकजाँच तथा मापसे चेकिङ गरिने जानकारी महाशाखाका प्रमुख बसन्त पन्तले दिएका हुन् । 

महाशाखा परिसरमा आयोजित पत्रकार सम्मेलनमा पन्तले भने–करीव ३० लाख यात्रु दशैं तिहार मनाउन वाहिरीने अनुमान गरिएको छ । गत वर्ष २५ लाख वाहिरीएका थिए । 

अग्रीम टिकट बुकिङ खुला गरेको हप्ता दिन नवित्दै २८ हजार टिकटहरु विक्री वितरण भइसकेका छन् । लामो दुरीको बसको टिकट नपाएकोप्रति आत्तिन जरुरी छैन । उनका अनुसार, यात्रुको सुविधाका लागि चारसय बसहरु थप्ने योजना रहेको छ । 

हाल काठमाडौं उपत्यकामा दैनिक करीव सातहजार मान्छे भित्रिने गर्छन भने आठहजारको हाराहारीमा वाहिरिने गरेका छन् । 

त्यस्तै, दशैं तिहारमा दुर्घटनाको अधिक हुने भएकाले त्यसको न्यूनकिरणका लागि ट्राफिक नियमको पालना गराउने तथा ट्राफिक कारवाहीमा कडाइ गरिएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा छ हजार तीनसय ८१ दुर्घटना भएका छन् । भने यो आर्थिक वर्षमा एकहजार दुईसय ८४ दुर्घटना भएका छन् ।

तीन दुर्घटनाहरु मध्ये अधिकांश मादिरा सेवनका अतिरिक्त दु्रतगति र ट्राफिक नियमको पालना नगर्नु नै मुख्य कारण भएको भनाई उनको छ । 

दशैं र तिहारमा हुने बदमासी नियन्त्रण गर्न सार्वजनिक सवारीमा आरक्षण सीट र यात्रु मैत्री व्यवहार, ६० स्थानमा ट्याक्सी स्टेण्ड, दुईसय ९८ स्थानमा बस विसौनी, खाली जग्गाहरुमा पार्किङ, रात्रि र दिउँसो गरी चरण चरणमा मापसे चेकिङ, १३ स्थानमा हेल्प डेस्क राखिएको महाशाखाले जनाएको छ । 

फोटो : सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?