पोखरा प्रियिमर लिग ‘पीपीएल’ क्रिकेटलाई हस्पिटालिटी पार्टनर ‘आयो’को साथ

काठमाडौं । आगामी कार्तिक दोस्रो साताबाट पोखरामा शुरु हुने पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट प्रतियोगिताको लागि ‘आयो’ले हस्पिटालिटी पार्टनर रुपमा सहकार्य गर्ने भएको छ । 

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘आयो’सँग हस्पिटालिटी पार्टनरको रुपमा काम गर्ने भएको हो । ‘आयो’का राष्ट्र प्रमुख निसिद हलानी र क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यो सम्झौता एक वर्षसम्मको लागि मात्र हुनेछ । 

दक्षिण एशियामा ‘आयो’लाई सबैभन्दा ठुलो हस्पिटालिटी कम्पनीको रुपमा चिनिन्छ ।

सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । लिगमा  विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरि ६ टिम रहेका छन् । 

यस अघि बिहीवार मात्रै सबै टोलीले आफ्नो मार्की खेलाडी सार्वजनिक गरिसकेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?