डलर महंगो हुँदा नेपाल अाउने रेमिट्यान्समा बृद्धि, साउनमा मात्रै झन्डै ७४ अर्ब

काठमाडाैं : अमेरिकाले अन्य व्यापार साझेदारहरू मुलुकसँग गरेको व्यापार युद्धका कारण विदेशी भूमीमा पसिना बगाउने नेपालीलार्इ फार्इदा भएको छ । 

डलरको भाउ ११२ रूपैयाँभन्दा माथि पुग्दा साउनमा मात्रै ७३ अर्ब ९५ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । डलरसँगै अन्य विदेशी मुद्रासँग नेपाली रूपैयाँ सस्तो हुँदा अाएको सटहीदर परिवर्तनका कारण नेपालीलार्इ फार्इदा भएको हो । 

अघिल्लो साउनको तुलनामा गत साउनमा ३३.१% ले रेमिट्यान्स अाप्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा नेपाल भित्रिएको विप्रेषणमात्रै २४% ले बढेको छ भने खुद ट्रान्सफर अाय ३५.३% ले बढेको छ । 

विदेशी मुद्रासँग नेपाली रूपैयाँ कमजोर (अन्य मुद्रा साट्दा सटही गर्दा धेरै नेपाली रूपैयाँ प्राप्त हुने अवस्था) भएका बेला विदेशमा रहेका नेपालीले जोडजाड गरेरै भएपनि बढि रेमिट्यान्स पठाउने गर्छन् । यसै कारण विदेश जाने नेपालीको संख्यामा कमी अाएपनि रेमिट्यान्स भने बढेको हो । 

गत बर्षको तुलनामा यो बर्ष विदेश जाने कामदारको संख्यामा ३३.५% ले कमी अाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?