स्टक ब्रोकर एशोसियशनको अध्यक्षमा भरत रानाभाट विजयी

काठमाडाैं : शेयर दलाल कम्पनीहरूको छाता संगठन स्टक ब्रोकर एशोसियसनको अध्यक्षमा भरत रानाभाट विजयी भएका छन् । 

अाउँदो २ बर्षका लागि नयाँ कार्यसमिति चुन्न शक्रबार भएको निर्वाचनमा रानाभाटले राजकुमार तिमिल्सिनालार्इ पराजित गरेका हुन् । रानाभाटले २९ मत र तिमिल्सिनाले १८ मत प्राप्त गरे । 

अध्यक्षमा निर्वाचित रानाभाट कोहिनुर र्इन्भेष्टमेन्ट सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का निर्देशक हुन् भने पराजित तिमिल्सिना भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का अध्यक्ष हुन् । 

एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिव पदमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुषाल निर्विरोध भएका छन् ।

यसैगरि, सञ्जिला अर्याल, फडिन्द्र ढकाल,सन्दिप चाचन, सुमन गौतम, रमण देव पन्त कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?