पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा ह्याक, ‘भ्यू एज’ फिचरबाट हमला

एजेन्सी । सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको सार्वजनीक भएको छ ।  विश्वभरका करिब ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार यो सेक्युरिटी ब्रिचबारे कम्पनीलाई मंगलबार नै जानकारी भइसकेको थियो । तर यसबारे उसले सार्वजनिक जानकारी भने शुक्रबार मात्रै दिएको हो । 

ह्याकरहरुले ‘भ्यू एज’ फिचरबाट हमला गरेका हुन् । यसमा क्लिक गर्दा आफ्नो प्रोफाइल अरु कसैले हेर्दा कस्तो देखिन्छ भनेर हेर्न सकिन्छ । कम्पनीका अनुसार ह्याकरहरुले यसैमा भएको कमजोरीलाई प्रयोग गरी अरुको अकाउन्टमा नियन्त्रण गरिरहेका हुन् । 

एक्सेस टोकन भनेको फेसबुक एप प्रयोग गर्दा पुनः पासवर्ड हान्न नपर्ने गरी फेसबुकमा लग इन भइरहने डिजिटल की सरहको सामाग्री भएको पनि फेसबुकले बताएको छ । 

एक्सेस टोकन डिजिटल की जस्तै हो । यसको मार्फत् युजरलाई पटक पटक लगइन गरिरहन आवश्यक पर्दैन । फोनमा एक पटक एप्लीकेसन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्दछ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकुल प्रयोग गर्न सक्दछ ।

ह्यकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?