काठमाडौं । बलिउडका धेरै स्टारहरु आफ्ना अभिनयका कारण निकै चर्चामा रहने गरेका छन् । लाखौँ मानिसहरुको मन मुटुमा बस्न सफल भएका उनीहरुको जीवनको आफ्नै कथा छ । कोही होटलमा काम गर्दागर्दै अभिनयमा प्रवेश गरे त कोही आफ्नो फ्यामेली बिजनेसलाई थाती राखेर आफ्नो सपनालाई डोहोर्याउदै अघि बढे ।
शिक्षा हाम्रो जीवनमा कति महत्वपूर्ण छ भन्ने हामीसबैलाई ज्ञान छ । बलिउडका धेरै फिल्म स्टारहरुले आफ्नो पढाइलाईबीचमै छोडेर अभिनयलाई अङ्गालेका छन् । आज हामी यस्ता बलिउड स्टारका बारेमा चर्चा गर्न गइरहेका छौं जसले आफ्ना करियरका लागि आफनो पढाई बीचैमा छोडेका थिए ।
शाहरुख खान :
बलिउडका सुपरस्टार शाहरुख खानले ग्रयाजुएशन सम्ममात्रै पढेका छन् । पोस्ट ग्रयाजुएशनका लागि उनले एडमिशन त लिए तर फिल्म क्षेत्रलाई आफ्नो करियर बनाउछु भन्ने सपना बुनिसकेका शाहरुख खानले बीचैमा पढाइ छाडेका थिए ।
रणवीर कपूर :
बलिउडका चकलेटि स्टार मानिने रणवीर कपूर आफ्नो ग्रयाजुएशनको पढाइ गर्दै थिए । सोही क्रममा उनलाई फिल्मको अफर आयो । फिल्मको अफर आएपछि उनले आफ्नोे पढाईबीचमा छोडेर अभिनयमा लागेका थिए ।
प्रियंका चोपडा :
प्रियंका चोपडा जब १२ कक्षामा पढ्दै थिइन् तब उनले मिस वल्र्डको टायटल जितीसकेकी थिइन् । यसैबीच उनलाई फिल्मबाट अफर आउन थालेको थियो । आफ्नो १२ कक्षाको पढाइ सकेपछि उनले मोडलिङ र फिल्ममा काम गर्न शूरु गरिन् ।
सलमान खान :
बलिउडका सबैभन्दा सफल मध्ये एक सुपरस्टार हुन् सलमान खान । उनले कलेज पढ्दा पढ्दै आफ्नो पढाइबीचमै छोडेका थिए । उनलाई फिलमको अफर आएपछि उनले फिल्म क्षेत्रमा लागेका थिए ।
दीपीका पादुकोण :
आफ्नो अभिनय र सुन्दर्ताका कारण बलिउडबाट हलिउडसम्मको यात्रा तय गरेकी दीपीका पादुकोणले करियरलाई फोकस गरिन् ।
उनले आफ्नो स्कूलको पढाई सकेर कलेज शुरु मात्रै गरेकी थिइन् उनलाई फिल्मको अफर आउन थाल्यो । फिल्मको अफर आृउन थालेपछि उनलेबीचैमा पढाइ छोडेकी थिइन् ।
अक्षय कुमार :
बलिउडका अर्का सुपर स्टार हुन् अक्षय कुमार ।
उनले हाल वर्षमा ४-५ फिल्म रिलिज गर्ने गरेका छन् । उनको अभिनय र फरक स्टाइललाई मानिसहरुले निकै रुचाएका छन् । उनले पनि आफ्नो पढाइलाई बीचमै छोडेको थिए । उनले मार्सल आर्ट सिक्नका लागि कलेज छाडेका थिए ।
मार्सल आर्ट पछि उनी अभिनयमा आएका थिए ।
श्रद्धा कपूर :
आशीकी २, बागी, एबीसीडी २, हाफगल्फेन्ड छिछोरे उनका सर्वाधिक सफल चरचित्र हुन् । बलिउडमा आफ्ना अभिनयको बलमा फरक पहिचान बनाएकी श्रद्धा पढाइको शिलशिलामा अमेरिकाको बोस्टन यूनिभर्सिटीमा साइकोलोजी पढ्नलाई एडमिशन लिएकी थिइन् । तर फिल्मको अफर आएपछि उनले पढाई बीचमा छाडेर अभिनयलाई आफ्नो करियर बनाएकी थिइन् ।
सुशांत सिंह राजपूत :
सुशांत सिंह राजपूत इन्जीनियरिङका विध्यार्थी थिए । उनले दिल्ली कलेज अफ इन्जीनियरिङमा अल इन्डीया र्याङकीङमा ७ नम्बरमा नाम निकालेका थिए । उनलै इन्जीनियरिङको ११ परीक्षा दिएका थिए । तर इन्जीनियरिङको पढाईबीचमै छोडेर उनी टीभि कार्यक्रममा जोडिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया