राष्ट्र बैंकले असोज १५ गते ४ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडाैं : नेपाल राष्ट्र बैंकले असोज १५ गते (पर्सी) ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

ट्रेजरी खरिदका लागि बैंक तथा वित्तीय संस्थाले भोली सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल अावेदन दिनुपर्नेछ । 

राष्ट्र बैंकका अनुसार कुुल ट्रेजरीमा ९१ दिने अवधिको १ अर्ब  र १८२ दिने अवधिको ३ अर्ब गरि ४ अर्बको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो ।

यसमध्ये ९१ दिने ट्रेजरी बिल २०७५ पुस १७ गते र १८२ दिने ट्रेजरी बिल २०७५ चैत १९ गते परिपक्व हुने जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?