एजेन्सी: चकलेटबाट लोभिने बालबालिका देखि बृद्धसम्म भेटिन्छन् । सहज उपहारको नाममा चकलेट बजारमा सहजै उपलब्ध हुन्छ ।
तर २०५० पछि चकलेट पाउला र? चकलेट किन्न पाइन्छ र ? यस्ता सवालहरूले चकलेटका उपभोक्ता र उत्पादनकर्ता दुबैको चिन्ता बढाइ दिएको छ।
एकातर्फ विश्वबजारमा चकलेटको माग अकाशिदो छ भने अर्कोतटर्फ चकलेट बनाउन चाहिने कच्चा पदार्थको अभावले मूल्य पनि अकाशिने चिन्ता बढ्न गएको हो ।
सन् २०२५सम्म सन् २०१५मा रहेको चकलेटको मूल्यमा दुई गुणा बृद्धि हुनेछ ।
चकलेटको माग बृद्धिमा स्वाद मात्रै कारण नभएर यो खानाले बुढ्यौली ढिला गरी आउने धारणा पनि रहेको छ ।
चकलेटले एन्टिएक्सिडेन्टो काम गर्नेभएकाले यसबाट तनाव कम हुने र रक्तचाप नियन्त्रित गर्न सहयोग गर्ने गरेको छ ।
विश्वभर उत्पादन हुने चकलेटको आधा हिस्सा पश्चिमी युरोप र उत्तरी अमेरिकाले चट गर्ने गरेको छ ।
स्विट्जरल्यन्डमा २०१७मा प्रतिव्यक्ति ८ किलोको दरले चकलेटको खपत भयो ।
चकलेटको मामिलामा अहिले पनि विकसित देश नै अगाडि रहेका छन् । आउँदा दिनमा यो अन्यत्र सर्न सक्ने सम्भावना देखिन्छ ।
एक अर्ब भन्दा बढी जनसंख्या भएका दुई देश चीन र भाारतमा चकलेटको बजार तीव्रगतिमा विस्तार भइरहेको छ ।
२०१६मा भारतमा २ लाख २८ हजार टन चकलेटको खपत भएको थियो । यो २०११को तुलनामा ५० प्रतिशतले बढेको थियो ।
८०को दशकमा चीनमा आर्थिक सुधार हुन अघिसम्म चकलेट एक दुर्लभ वस्तुको रूपमा थियो । अझ पनि चकलेटको प्रतिखपतको आधारमा चीन अरू देशको तुलनामा पछाडि नै छ ।
चीनमा प्रतिव्यक्ति चकलेटको खपत १ किलो भन्दा कम छ ।
चीनमा चकलेटको बजार विस्तारले अलिबाबाजस्ता अनलाइन खुद्रा कम्पनीलाई बिजेनेस मोडल फेर्न बाध्य पा-यो ।
चकलेट बनाउन चाहिने कोकोको उत्पादन आवश्यक माग भन्दा कम भइरहेको छ ।
उष्णकटिबन्धीय आद्र जलवायु क्षेत्रमा कोकोको रूखलाई वर्षा वनको रूखहरूको छायाँ आवश्यक हुन्छ । यस्तो कृषि क्षेत्रको अभाव हुन थालेपछि उत्पादनमा कमी हुन थालेको हो ।
कोको उत्पादन मुख्यरूपमा पश्चिमी अफ्रिकी देशहरू छन् ।
कोको उत्पादनको आधा हिस्सा आइभरी कोस्ट र घानाले नै ओगटेका छन् ।
अर्कोतर्फ वनस्पतिको रोगले पनि कोकोको उत्पादनमा समस्या उत्पन्न गराइरहेको छ ।हरेक वर्ष ३० देखि ४० प्रतिशत कोको नस्ट भइरहेको छ ।
आइभरी कोस्टले वनस्पति रोगका कारण १ लाख हेक्टरको कोको नस्ट गर्ने घोषणा गरेको छ । यो क्षेत्रमा फेरि कोकोको रूख लगाउन कम्तीमा ५वर्षको समय लाग्ने छ ।
कोकोको मूल्यमा भइरहने उतारचढावले यसका किसानहरूलाई समस्या थप्ने गरेकाले किसानहरूले कोकोको खेती गर्न अरूचि देखाइरहेका छन् ।
इन्डोनेसिया विश्वको तेस्रो ठूलो कोको उत्पादक देश हो । यसको उत्पादन पनि २०१० देखि निरन्तर घटदै गएको छ ।
कोकोको आमदानी राम्रो नभएपछि यहाँका किसानले मकै ,रबर र पाम आयलको खेती गर्न थालेका छन् ।
कोको उत्पादक देशहरूलाई यो अवस्थाले सतर्क बनाएको छ ।
घाना विश्वमा दोस्रो ठूलो कोको निर्यात गर्ने देश हो । घानाले चीनको बजारलाई एक ठूलो अवसरको रूपमा लिएको छ ।
उत्पादन बढाउन घानाले चीनको एक्सिम बैंकसँग डेढ अर्ब अमेरिकी डलर बराबरको कर्जा लिएको छ ।
मध्यपूर्व र अफ्रिका पनि चकलेट उत्पादकहरूका लागि महत्वपूर्ण भइरहेका छन् ।
संयुक्त अरब इमिरेट्स र साउदी अरबमा चकलेटमा हुने प्रतिव्यक्ति खर्च क्षेत्रीय औसत भन्दा धेरै बढी रहेको छ ।
अमेरिकामा कोकोको विकासका लागि चकलेट निर्माता कम्पनी रिग्ले कन्फेक्शनरीले एक अर्ब अमेरिकी डलरको कोष निर्माण गरेकोे छ ।
मोन्डेलेज इन्टरनेशनलले पनि कोकोको सुरक्षाका लागि २०१२देखि कोको लाइफ क्याम्पेन शुरू गरेको छ । तर किसानलाई गरिबीबाट निकाल्न यी प्रयासहरू पर्याप्त छैन् ।
आइभरी कोसटमा युटीजेडबाट प्रमाणित किसानले वर्सेनी ८४ युरो देख १३४ युरोसम्म आमदानी गरिरहेका छन् ।
यस्तोमा कोको उत्पादन गर्ने किसान यो खेतीमा लागिरहनेमा शंका व्यक्त गर्न थालिएको छ । कोको उत्पादन नै नभए चकलेट कहाँबाट उत्पादन हुने ?
भइहाले पनि चकलेट आम मानिसको पहुँचबाट बाहिर हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया